सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारतमा नेपाली यात्रु बोकेको बस दुर्घटना, यात्रु अलपत्र

फोटो : मानसखण्ड
फोटो : मानसखण्ड
२०७८ असार १०, ०२:४२ खबर संवाददाता

धनगढी: भारतमा नेपाली यात्रुहरु बोकेको बस दुर्घटनामा परेको छ। भारतको महाराष्ट्र पलियाबाट बेङलोरतर्फ गइरहेको बस दुर्घटना हुुँदा २ जना यात्रु घाइते भएका छन्। 

बुधबार बिहान ट्रकमा ठोक्किँदा बस दुर्घटनामा परेको बताइएको छ। दुर्घटनापछि बसका यात्रुहरु अलपत्र परेको डडेल्धुराका प्रेम सिंह धामीले बताए। 

धनगढीमा रहेको खप्तड सैपाल टुर एण्ड ट्राभल्समार्फत गएका ४० भन्दा बढी यात्रुहरुको अहिलेसम्म पनि उद्वार नगरिएको उनले बताए। एजेन्टहरुले गाडी पठाउने भनेको भएपनि हालसम्म गाडी नआएको सिंह बताउँछन्। 

कमेन्ट लोड गर्नुस