सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुराकी अस्मितालाई न्याय माग्दै युवा आन्दोलित, जिल्ला प्रशासन अगाडी धर्ना

सिडिओलाई बुझाए ज्ञापनपत्र

२०७८ असार १०, १२:२४ खबर संवाददाता

धनगढी:  जंगलमा मृत फेला परेकी डडेल्धुराको परशुराम नगरपालिका–८ की २६ वर्षीया अस्मितादेवी धामीलाई न्याय माग गर्दै स्थानीय युवाहरु आन्दोलित भएका छन्। 

परशुरामको आधारभूत स्वास्थ्य केन्द्र जमरानीमा कार्यरत धामी असार ५ गते मृत भेटिएकोमा अझैसम्म पनि कुनै दोषी पत्ता नलागेको भन्दै उनीहरु आन्दोलित भएका हुन्।

धामीको हत्या गरिएको हुनसक्ने स्थानीयको दावी छ। हत्यारालाई कारबाहीको मागसहित अस्मितालाई न्याय दिनुपर्ने भन्दै युवाहरुले बिहीबार जिल्ला प्रशासन कार्यालय अगाडी प्रर्दशनसमेत गरेका छन्। 

साथै न्यायका लागि प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र पनि बुझाएको बोलन्या थलीका सुरत तमौलीले बताए। दोषीलाई चाडो कानुनबमोजिम कारबाही गनुपर्ने उनले बताए।

प्रहरीले भने हालसम्म पनि कुनै दोषी फेला नपरेको र अनुसन्धान जारी रहेको बताएको छ।

असार २ गतेदेखि बेपत्ता भएकी अस्मिताको शव असार ५ गते फेला परेको थियो। 

कमेन्ट लोड गर्नुस