बैतडीमा नुहाउने क्रममा बगेर एक बालिका ३ दिनदेखि बेपत्ता
२०७८ असार १०, ०७:४२
धनगढी: बैतडीमा एक बालिका नदीमा नुहाउने क्रममा बगेर बेपत्ता भएकी छिन्।
गत मंगलबार जिल्लाको पाटन नगरपालिका -१ सकारकी ११ वर्षीया नीतु विक नदीमा नुहाउने क्रममा बगेर बेपत्ता भएकी हुन्।
मंगलबार अपराह्न ४ बजे तिरको समयमा साथीहरुसँग नदीमा नुहाउन गएकी नीतु बगेर बेपत्ता भएकी जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। उनको आज पनि खोजी कार्य जारी रहेको प्रहरीले बताएको छ।
कमेन्ट लोड गर्नुस