सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडी अस्पतालमा कोरोनाका बिरामी शून्य

२०७८ असार ९, ०६:२८ खबर संवाददाता

बैतडी: बैतडीको जिल्ला अस्पतालमा कोरोनाका बिरामीको संख्या शून्यमा झरेको छ। कोरोनाको दोस्रो लहर फैलिएपछि पहिलो पटक कोरोनाका बिरामी शून्यमा झरेको अस्पतालका प्रमुख डाक्टर वसन्तराज जोशीले जानकारी दिए।

उनले भने, ‘कोरोनाको दोस्रो लहर फैलिएपछि गत महिना भने अस्पतालमा बेड उपलब्ध गराउन निकै समस्या थियो। जेठ अन्तिम सातादेखि कोरोनाका बिरामीको संख्यामा कमी आएको हो।’ जिल्ला अस्पतालमा कोरोनाका बिरामी घट्दै गएका र अहिले संक्रमणदर पनि घट्दै गएको छ। कोरोना संक्रमणदर कम भए पनि जोखिम भने कायमै रहेको प्रमुख जोशीको भनाइ छ।

कोरोनाका बिरामी संख्या शून्यमा झरेसँगै नियमित ओपिडी सेवा सञ्चालनको तयारी रहेको अस्पतालले जनाएको छ। कोरोनाका कारण आकस्मिक र प्रसूतिबाहेक सेवा बन्द थिए। अब कोरोना संक्रमणदर घटेकाले ओपिडी सेवा नियमित रुपमा सञ्चालन गर्ने तयारी भएको उनले बताए। जिल्लामा हाल ६५ जना सक्रिय संक्रमित छन् भने १८ जनाको मृत्यु भइसकेको छ।

कमेन्ट लोड गर्नुस