सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा गाउँपालिकाद्वारा बोका वितरण

२०७८ असार ८, ०२:३९ खबर संवाददाता

धनगढी: कैलालीमा एक गाउँपालिकाले किसानहरुलाई बोका वितरण गरेको छ। जानकी गाउँपालिकाले व्यावसायिक रुपले बाख्रापालन गरिरहेका किसानलाई बोका वितरण गरेको हो।

मासुमा आत्मनिर्भर बनाउने भन्दै पालिकाले उन्नत जातका बोका वितरण गरिएको जनाईएको छ। ५० प्रतिशत अनुदानमा बोयर क्रस बोका र ७५ प्रतिशत अनुदानमा लोकल जातको बोका वितरण गरेको पालिकाका अध्यक्ष प्रदीपकुमार चौधरीले बताए। 

गाउँपालिकाले नौ जना किसानलाई बोका वितरण गरेको हो । बोका वितरण गरेपछि बाख्रापालक किसानहरु खुशी भएका छन्। 


 

कमेन्ट लोड गर्नुस