सुदूर नेपाललाई विश्वसँग जोड्दै

यसरी जन्मिएको थियो धनगढीको ‘मनकामना युवा क्लब’

२०७८ असार ८, ०२:१९

-विवेक लामा घिसिङ्ग

युवा क्लब समाज, समुदाय, वर्ग तथा राष्ट्रसँग जोडिएर कुनैपनि कार्य, क्षेत्रमा त्यस समाज राष्ट्रको हित तथा दीर्घकालीन फाईदाको निमित्त गरिने नयाँ जोस, जागर नयाँ सोच भएका युवाहरुको गठित समूह हो। जुन राजनीतिबाट स्वतन्त्र हुन्छ।

मनुष्य जीवनकालदेखि नै समाजलाई व्यवस्थापन गर्नका लागि मानिसहरु एकजुट हुने गर्दथे किनकी मानिस एक चेतनशिल प्राणि हो। समाजिक परिवेशमा बस्नका लागि र सबैको हितमा कार्य गर्नका लागि अलिखित रुपमा सबैले मान्य हुने नियम बनाउने गर्दथे। 

त्यसैको परिमाण स्वरुप अहिलेको बर्तमान परिस्थितिमा परिमार्जित गर्दै क्लब, समूह गठन गर्ने क्रमको शूरु भएको हो। वर्तमान परिस्थितिमा क्लब सामाजिक मात्र नभएर कुनै एउटा मात्र क्षेत्रलाई प्रोत्साहन गर्न र अघि बढाउन स्थापित र नामकरण पनि त्यहि आफ्नो क्षेत्र अनुसार भएको देखिन्छ अनि सुनिन्छ पनि।

जस्तै कुनै नाट्य, नाच, खेलकुद, मनोरञ्जनका लागि, कमेडीका निमित्त, समाजसेवा तथा थुप्रै प्रयोजनका निमित्त स्थापना भएको देखिन्छ। वर्तमान परिवेशमा सीमित क्लबहरुले मात्र देश समाजका निमित्त आफुलाई उभिएको छ, जुन हामीले विभिन्न माध्यमबाट थाहा पाउछौ। 

तर देश, समाजमा केही बिरलै क्लब हुन्छ जसले सबै क्षेत्रलाई समेटिएको हुन्छ। जसले सबै क्षेत्रलाई प्रोत्साहन तथा प्रतिनिधित्व गर्दछ। यहि सबै क्षेत्रलाई प्रोत्साहन गर्न निमित्त स्थापित भएको एक क्लव को नाम हो ‘मनकामना युवा क्लब।’

झन्डै तीन दशक लामो इतिहास छ। विस २०५१ साल धनगढी उप–महानगरपालिका–१२ का स्थानीय युवाहरुको पहलमा स्थापना भएको यस क्लबले आफूलाई विभिन्न सामाजिक हित कार्य गर्दै चर्चा कमाउदै धन्यवादको पात्र बन्दै आफुलाई परिचीत गर्दै आएको छ।

विभिन्न संघर्ष, उतारचढाव पार गर्दै यस क्लबले आफ्नो शिर कहिले झुक्न दिएको छैन। त्यसका लागि यस क्लबका भुत र वर्तमान सम्पुर्ण नेतृत्व वर्गलाई धन्यवाद दिनु नै पर्दछ। यस तीन दशकमा थुप्रै नेतृत्वहरु फेरबदल भए। 

सम्पूर्ण नेतृत्वले आफ्नो दक्षता, क्षमता भ्याएसम्म क्लब तथा यहाँको सामाजिक हितका लागि योगदान दिनुभएको छ। बाल्यकालमा मैले देख्दा यस क्लब कुनै चाडपर्व होस्, नयाँ वर्षको शुभकामना होस्, कुनै राष्ट्रिय अन्तर्राष्ट्रिय दिवस होस् यस क्लबले विभिन्न कार्यक्रम गर्दै हर्षोउल्लासका साथ मनाउने गर्द्थ्यो। 

स्मरण छ अझै पनि त्यो बेला मञ्च(स्टेज) अहिलेको जस्तो आधुनिक हुँदैन थियो। घरघरबाट सुत्ने खाट संकलन गरेर बनाई थियो। कार्यक्रमहरु समय, दिवस, पर्वको माग अनुसार फरक फरक हुन्थ्यो। 

त्यसबेला अहिले जस्तो सुरक्षा, सुविधा थिएन, खुल्ला सिमानाका कारण हुनसक्ने सम्भावित घटना जस्तै चोरी, डकैतीबाट प्रतिरक्षाको निमित्त पनि यस क्लबले समाजको अग्रज, युवाहरुसँग सहकार्य गरि हातमा डण्डा बोकी रातभर सुरक्षा दिएको स्मरण र त्यो हाटबजार त अझै पनि ताजा छ। 

तर आज लाग्दै छ कि यस क्लबले आफ्नो मौलिकताबाट कतै भागेको त होइन ? परिमार्जित नै गरेको हो भने पनि कुनै प्रष्ट विचार धारणा देखिदैन ? छ भन्दा छैन र छैन भन्दा छ जस्तो। 

चाउचाउ, बिस्कुट इत्यादी उत्पादन गर्ने कम्पनीको मुख्य लक्ष्य नाफा कमाउनु हो तर कहिलेकाहिँ समाज सेवाको नाममा कहिँकतै राहत र कतै आर्थिक सहयोग गरेजस्तो गर्ने  जसले गर्दा सामाजिक सेवा, हित, योगदान गरेकै छु भने बहाना पाउने। 

त्यस्तै यस क्लबले पनि एउटा मात्र खेलकुद मात्र लाई प्रोत्साहन गरेको क्लबको उदेश्य केवल प्रथम भई पुरस्कार जितेर आउनु नै प्रमुख विषय भएको छ। तर यस क्लबको समाजका लागि गरेका कार्यहरु हातको औंलामा गन्न सकिन्छ।

यदि खेलकुद नै यस क्लबको मुख्य प्राप्ति हो भने नामकरण पनि खेलकुद क्लब कै नाम गर्दा हुन्छ। हो, खेल विरोधी त म पक्कै होइन। खेल, व्यायाम मानव जीवनका लागि सु–स्वास्थ्य तन्दुरुस्त हुन लागि अति आवश्यक छ।

खेल कै माध्यम खेलाडीले आफु र राष्ट्र, समाजलाई विश्व सामु चिनाउने अवसर पनि मिल्दछ। तर युवा क्लब नै नामकरण गरेपछी सम्पूर्ण युवाहरुको लागि हुनुपर्छ भन्ने मेरो मान्यता हो। 

युवा क्लब भनेको अवसर दिने र अवसर लिने मञ्च हो। सम्पुर्ण क्षेत्रलाई यसले एकैसाथ आत्मसाथ त गर्न सक्दैन तर प्रयास गरेको हुनुपर्दछ। राष्ट्र, समाजमा विभिन्न समय विभिन्न समस्या आउँछ। 

वर्षामा बाढी, हिउँदमा शितलहर बेला बेलाको महामारी तर कहिँकतै पनि यस क्लबको सक्रियता देखिदैन। झन यो कोरोना महामारीको विषम परिस्थितिमा पहल त सुन्य नै रह्यो। क्लब नेतृत्वले श्रमदान गरेको मात्र छु भन्न बाहेक अरु उपाय देखिदैन।

क्लबले आफ्नो स्वंय पहल प्रयासमा केही खाद्यान्न राहत, स्वास्थ साम्रगी वितरण, समाज सेवाकहिँ कतै गरेको छैन। के खेलकुद गराएर नै समाजप्रतिको दायित्व पूरा गरेको हो र ?

क्लबलाई ७ वर्ष अघिभन्दा नयाँ केही थप उपकरण थपेर, नयाँ भवन बनाएर नै क्लबको समाजमा भएको सम्पूर्ण युवाहरुलाई गर्नुपर्ने कर्तव्य पूरा गरेको हो र ? युवाहरु विभिन्न रुचि तथा आ–आफ्नो केही गुण, विशेषतामा खास हुन्छ। 

केवल अवसर को जरुरत हुन्छ। त्यो अवसर को जहाँकहाँ युवा क्लब, समूह ले प्रदान गर्द्छ त्यो अवसर दिने क्लबसँग कुनै छडी त हुदैन तर युवा समूह भएपछि सम्बन्धित निकाय, सरोकारवालाको ध्यानाकर्षण गर्न गराउन सक्षम हुनुपर्छ र सक्नुपर्छ। 

तीन दशक लामो गौरवमय इतिहास बोकेको यस क्लबका बारेमा केहि लेखी रहँदा कतिपयलाई लाग्न सक्छ, सम्पूर्ण काम दायित्व क्लब कै मात्र हो र सरकार को चै के ? अरुले गरेकालाई गरेको भन्न नसकिने धन्यवाद भन्न नसकिने ? आफुले गर्दा थाहा हुन्छ इत्यादि ? सर्वप्रथम त, यो कुनै व्यक्तिगत विषय होइन। 

म यसै ठाँउको स्थानीय र सरोकारवाला भएर लेख्दै छु। यस क्लब भनेको जुगेडा–१२ को सम्पूर्ण को हो। सबै लाई आफ्नो बिचार मत राख्न पाईन्छ। यो क्लब हाम्रो अग्रजहरुको पसिना, त्याग को नतिजा हो। 

हो अब सम्पूर्ण काम त युवा क्लब को मात्रै होइन तर सजग र एक असल नागरिक भई दायित्व, कर्तव्य, अधिकारबाट भाग्नु गलत हो समाज भइरहेको कुरिती, बिसङ्गती, अन्यायका विरुद्ध आवज बुलन्द पार्ने भनेको नै यूवापीडीको हो।

इतिहास साक्षी छ, हरेक राष्ट्रको परिवर्तनकारी कदम क्रूर तानाशाहलाई पनि घुडा टेकाउने पनि हामी जस्तै युवाहरु नै हो। युवा नै नभइ, भएको परिवर्तन सम्भव छैन। त्यसकारण सरकार, सम्बन्धित निकायलाई भएको समस्यालाई ध्यानाकर्षण गरी त्यसको समाधान गर्नु नै युवाहरु तथा युवा क्लब, समूहको कर्तव्य हो। 

युवा क्लबले सरोकारवालालाई आफ्नो स्थानीयमा भएको समस्या, अवसरहरुको पहिचान गरि र समस्या समाधान कसरी गर्न सकिन्छ भनी बृहत छलफल, अध्ययन, अनुसन्धानको माध्यमबाट हामी समाज, युवाहरुका लागि अवसरको बाटो केही हदसम्म खेल्न सफल हुनसक्छौ। 

कुरा रहयो धन्यवादको। धन्यवाद त नदिए मेरो यो लेख अधुरो नै हुन्छ। म राम्रोलाई साथ र नराम्रो को विरुद्ध उभिने मान्छे हुँ। समय परिवर्तनशिल छ समय ले समय अनुसार को धेरै माग हुने गर्दछ त्यहि अनुसार हामी थुप्रै उतारचढाव पार गर्दै अघि बढ्नुपर्छ पनि। 

अहिले पछिल्लो समय गरेको क्लबले क्लबका निमित्त गरेका कार्यहरु आगामी आउने नेतृत्व लागि उदाहरण नै हुन्छ र तथा थप चुनौतीको सामना गर्नुपर्दछ। र, अन्तिम आउनसक्ने प्रश्न, आफुले गरेको भए पो ? नेतृत्व आफै चुनौतीको विषय हो। 

त्यो गर्दै गएपछि त्यसबाट आउने परिणामले बताउने छ तर त्यतातिर नगएको राम्रो होला। र, मलाई शुभेच्छुक भएको नै ठिक छ। वर्तमन नेतृत्वलाई अझ त्यसमा वर्तमान अध्यक्षज्यूलाई त धन्यवाद आभार प्रकट गर्नु नै पर्छ। 

उहाँले जति छोटो समयको अबधिमा क्लबलाई एक उचाई प्रदान दिनुभएको छ त्यस उदाहरणीय कार्यको जति तारिफ गरे नि पुग्दैन। यस कार्यको लागि उहाँ लगायत सम्पूर्ण टिमलाई धन्यवाद। 

क्लब तथा क्लब परिवारलाई खेलकुद मात्र होइन सम्पूर्ण युवाहरुको प्रतिनिधित्व गर्न सकोस् शुभकामना छ। अझ आगामी दिनमा यस क्लबलाई परिमार्जित गर्दै विभिन्न शखाहरु जस्तै बाल क्लब शखा, खेलकुद शखा, अतिरिक्त क्रियाकलाप शखा, मनोरञ्जन क्लब शखा, सामाजिक कार्य शखा इत्यादी शाखाहरु थपियोस्।

तीन दशक लामो इतिहास बोकेको क्लबले हरेक सामाजिक दायित्व पूरा गरोस्। हरेक युवाहरु विचार भावनालाई प्रतिनिधित्व, कदर गरोस्। जबसम्म युवा क्लब भनेर चिनिन्छ तबसम्म युवाहरुको गुनासो सल्लाह–सुझावलाई समेत आत्मसाथ गरोस्। 

धन्यवाद !
 

कमेन्ट लोड गर्नुस