कोरोनाका कारण बैतडीमा थप एकजनाको मृत्यु
२०७८ असार ८, १२:२९
बैतडी: बैतडीमा कोरोना संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ। जिल्ला अस्पताल बैतडीमा उपचाररत दशरथचन्द नगरपालिका–५ का ८२ वर्षीय वृद्धको मंगलबार बिहान मृत्यु भएको अस्पतालका डा. वसन्तराज जोशीले जानकारी दिए।
उनमा गत जेठ २६ मा संक्रमण पुष्टिपछि अस्पतालमा उपचाररत थिए। बैतडीका हालसम्म मृत्यु हुनेको संख्या १८ पुगेको छ।
कमेन्ट लोड गर्नुस