सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरकी चेली भारतीय अस्पतालको शय्यामा

२०७८ असार ३, ०४:१६ खबर संवाददाता

धनगढी: श्रीमानसँगै भारत गएकी राधा रावल विगत ७ महिनादेखि एक अस्पतालमा भर्ना भएकी छिन्। 

३३ वर्षीया राधा उनका श्रीमानसँगै रोजगारीका लागि अछामबाट भारत गएकी थिइन्। तर आम्दानी गर्न गएका रावल दम्पत्तीमाथि बज्रपात परेको छ। 

मुम्बईमा दैनिक मजदुरी गरेर जिविकोपार्जन गरिरहेका बेला श्रीमती राधालाई एक्कासी क्यान्सर देखा परेकाले विगत ७ महिनादेखि भारतमै उपचार गराइरहेको उनका श्रीमान तपेन्द्र रावलले बताएका छन्। 

अहिले राधाको मुम्बईस्थित टाटा मेमोरियल क्यान्सर अस्पतालमा नियमीत उपचार जारी छ। क्यान्सर जस्तो प्राणघातक रोग भएकोले चिकित्सकले तुरुन्तै शल्यक्रिया गर्न सल्लाह दिएको तर त्यसका लागि आफुसँग रकमको निकै अभाव भएको श्रीमान तपेन्द्रको भनाई छ। 

चिकित्सकको सल्लाह बमोजिम तुरुन्त अप्रेशन गर्न नसके ज्यान समेत जानसक्ने भएकाले रावल परिवार आत्तिएको छ। राधाको अप्रेशनका लागि झन्डै १० लाखसम्म रकम लाग्ने चिकित्सकले बताएका छन्। 

उनको उपचारका लागि सहयोग गर्न परिवारले नेपाल तथा भारतका केही बैंकमा खोलेको खाता नम्बर समेत सार्वजनिक गरेको छ। 

नेपालबाट उपचारमा सहयोग पठाउन इच्छुक दाताहरुले रावलका हजुर बुवा भीमबहादुर रावलको काठमाडौ नयाँ बानेश्वरस्थित राष्ट्रिय वाणिज्य बैंकको खाता नम्बर १४२०१०००२३३६१०१० र काका कमल कुमार रावलको अछाम मंगलसैनस्थित ग्लोबल आइएमइ बैंकमा रहेको खाता नम्बर j९०७०१००००१४० मा रकम जम्मा गर्न सक्ने परिवारले जनाएको छ। 

त्यस्तै श्रीमान तपेन्द्र रावलको गुगल पे नम्बर ९८२०९७०४६१ (भारत) तथा रावलको उपचारमा संलग्न देवर गोकर्ण रावलको खाता नम्बर ५०१००३८६३१८६२९ र IFSC HDFC 0001207 (भारत) मा सहयोग रकम जम्मा गर्न सकिने पनि बताइएको छ ।

कमेन्ट लोड गर्नुस