सुदूर नेपाललाई विश्वसँग जोड्दै

थप २८२८ जनामा कोरोना संक्रमण, ५२ जनाको मृत्यु

२०७८ असार २, ०५:१४ खबर संवाददाता

काठमाडौं : पछिल्लो २४ घण्टामा नेपालमा २ हजार ८ सय २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार २२ जनामा गरिएको स्वास्थ्य परीक्षणमा २ हजार ८ सय २८ जनामा संक्रमण पुष्टि भएको हो।

मन्त्रालयका अनुसार ८ हजार ६ सय ८७ जनाको पीसीआर र ४ हजार ३ सय ३५ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।

त्यस्तै पछिल्लो २४ घण्टामा ३ हजार ८२ जना संक्रमित निको भएर घर फर्किएका छन् भने ५२ जनाको मृत्यु भएको छ।

कमेन्ट लोड गर्नुस