सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपाल एसियन कप छनोटको तेस्रो चरणमा

२०७८ असार २, ०५:०५ खबर संवाददाता

काठमाडौं : नेपाल चीनमा आयोजना हुने एसियन कप –२०२३ कप छनोटको तेस्रो चरणमा प्रवेश गरेको छ। एसियन फुटबल फेडेरेसन (एएफसी) ले परिमार्जन गर्दै बुधबार सार्वजनिक गरेको नयाँ ढाँचा अनुसार नेपालले तेस्रो चरणमा स्थान बनाएको छ।

एएफसीले बनाएको नयाँ ढाँचासँगै अब नेपालले प्ले अफ खेल्न नपर्ने भएको छ। विश्वकप छनोट र एसियन कप छनोट अन्तर्गत दोस्रो चरणको छनोटमा नेपाल चौंथो स्थानमा रहेको थियो। नेपालको विश्वकप छनोटको तेस्रो चरणमा पुग्ने सम्भावना समाप्त भईसकेको छ। समूह ’बी’ मा रहेको नेपालले ६ अंक जोडेको थियो। नेपालले चाईनिज ताईपेलाई दुबै खेलमा हराएको थियो।

यसअघि छनोटको चौंथो स्थानमा रहेको टिमले प्ले अफ खेल्नु पर्ने नियम रहेको थियो। तर, एएफसीले बनाएको नयाँ नियमको कारण नेपालले सिधै तेस्रो चरणमा स्थान बनाएको हो। तेस्रो चरणको छनोटमा २४ टिमको सहभागिता रहनेछ।

अब छनोटको पाँचौं स्थानमा रहेको टिमले प्ले अफ खेल्ने छन्।

कमेन्ट लोड गर्नुस