सुदूर नेपाललाई विश्वसँग जोड्दै

रोनाल्डोका कारण कसरी गुम्यो कोकाकोलाको ४ खर्ब ६९ अर्ब ?

२०७८ असार २, ०३:२६ खबर संवाददाता

काठमाडौं: पोर्चुगलका क्रिस्टियानो रोनाल्डो धेरै फ्यान, फलोअर्स भएका एकजना सेलिब्रेटी हुन्।  

हालै उनले विश्वकै सबैभन्दा धेरै बिक्ने भनिएको कोकाकोला कम्पनीमा उथलफुथल ल्याइदिएका छन्। 

पोर्चुगलका कप्तान तथा विश्वप्रसिद्ध फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डोको बोलीका कारण कोका कोलाको शेयर मूल्य ४ अर्ब डलरले घटेको छ।

मंगलबार युरोकप २०२० अन्तर्गत पोर्चुगल र हंगेरीबीचको खेलअघिको प्रि-म्याच कन्फरेन्समा रोनाल्डोले आफ्नो अगाडि राखिएका कोकका बोतल हटाउँदै कोक होइन‚ पानी खानुपर्ने बताएका थिए।

त्यसपछि कोकको सेयर बजारमा भारी गिरावट आएको हो।

युरोकप २०२० को प्रायोजक रहेको कोकाकोला हरेक प्रि-म्याचका बेला प्रशिक्षक र कप्तान बोल्ने टेवलका अगाडि राख्ने गरिएको छ। रोनाल्डोको उक्त सानो भिडिओ क्लिप क्षणभरमै भाइरल भयो।

जसले कोलाकोलालाई मार्केट भ्याल्यूमा ४ अर्ब डलरको नोक्सानी व्यहोर्न बाध्य बनायो। ३६ वर्षीय स्टार खेलाडी रोनाल्डोको उक्त बोलीले कम्पनीको मार्केट भ्यालूमा ठूलो तरंग ल्याइदियो। उक्त दिन युरोपमा सेयर बजार शुरु हुँदा कम्पनीको सेयर प्रतिकित्ता ५६.१ डलर थियो।

रोनाल्डोको बोलीले पत्रकार सम्मेलन सकिने बेलासम्ममा कम्पनीको सेयर मूल्य घटेर प्रतिकित्ता ५५.२ डलरमा झरिसकेको थियो। यो कूल सेयरको १.६ प्रतिशत कमी हो। कोकाकोलाको बजार मूल्य अहिले २३८.३५ बिलियन डलर रहेको छ।

रोनाल्डोले आलोचना गरेपछि कोकाकोलाले विज्ञप्ति जारी गर्दै खेलाडीका लागि पनि मिल्नेगरी कम्पनीले उपलब्ध गराउने उल्लेख गरेको छ।

कम्पनीले भनेको छ‚ ‘सबैको आफ्नै स्वाद र आवश्यकता हुन्छ, खेलाडीहरुका लागि कोकाकोला र कोकाकोलामा जिरो सुगर उपलब्ध गराइन्छ।’ कतिपयले रोनाल्डोले नियतवश कोकाकोलालाई घाटा हुने काम गरेको दाबी गरेका छन्।

 

 

 

कमेन्ट लोड गर्नुस