युरो कपमा आज फ्रान्स र जर्मनी भिड्ने, पोर्चुगलसँग भिड्दै हंगेरी
एजेन्सी : युरोकप फुटबलमा आज मंगलबार दुई खेल हुँदै छन्।
आज हुने समूह ‘एफ’को खेलमा पोर्चुगल र हंगेरी तथा फ्रान्स र जर्मनी आमनेसामने हुनेछन्। पहिलो खेल राति पौने १० बजे सुरु हुनेछ।
पहिलो खेलमा हंगेरीको मैदानमा उत्रिँदा क्रिस्टियानो रोनाल्डो पोर्चुगलका मुख्य हतियार हुनेछन्।
आजै हुने दोस्रो खेलमा विश्वकप विजेता फ्रान्सले जर्मनीसँग खेल्दै युरोकपको सुरुवात गर्दै छ।
म्युनिखमा हुने खेल मध्यराति पौने १ बजे हुनेछ। विश्वविजेता फ्रान्स बलियो टोली जर्मनीलाई हराउँदै युरो कपको उपाधिमा आफ्नो दाबेदारी दिन आतुर छ।