सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुराका खोलामा आएको बाढीले बगाउँदा २ जना बेपत्ता

२०७८ जेठ ३१, ०५:५० खबर संवाददाता

बाजुरा:  बाजुराका खोलामा आएको बाढीले बगाउँदा २ जना बेपत्ता भएका छन्। 

सोमबार जिल्लाको त्रिवेणी नगरपालिकामा अविरल वर्षासँगै किम्नी खोलामा आएको बाढीले बगाउँदा सोही नगरपालिका–५ किम्नीका घुरे बुढाका १३ वर्षीय छोरा कमल बुढा बेपत्ता भएका हुन्। 

बेपत्ता भएका बालकको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक धनदेव साउँदल बताए। 

सोमबार नै बुढीनन्दा नगपालिका–३ सिराडीको लौठी रुखकी ३६ वर्षीया मोतीकला पनि बेपत्ता भएकी छिन्।

गाउँ नजिकै रहेको बड्डीगाड खोलाले बगाएर ल्याएका दाउरा संकलन गर्ने क्रममा बाढीले बगाएको स्थानीय धनबहादुर बोहराले बताएका छन्। 

कमेन्ट लोड गर्नुस