अछाममा थपियो निषेधाज्ञा
२०७८ जेठ ३१, ०३:०८
धनगढी: अछाममा निषेधाज्ञाको समय थप गरिएको छ।
जिल्ला कोभिड -१९ संकट व्यवस्थापन केन्द्रको सिफारिस र जिल्ला सुरक्षा समितिको आइतबार बसेको बैठकले निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो।
सोमबार (आज) राति १२ बजेदेखि लागु हुनेगरी आउँदो असार ७ गतेसम्मका लागि निषेधाज्ञा थप गर्ने निर्णय भएको बताइएको छ।
कमेन्ट लोड गर्नुस