सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलामा १५ वर्षीया बालिकामाथि बलात्कार प्रयास गरेको आरोपमा एक जना पक्राउ

२०७८ जेठ ३१, ०१:३३ खबर संवाददाता

दार्चुला: दार्चुलामा १५ वर्षीया बालिकालाई बलात्कार प्रयास गरेको आरोपमा एक जना पक्राउ परेका छन्।

प्रहरीले महाकाली नगरपालिका–७ धापका २५ वर्षीय कपीलराम कोलीलाई पक्राउ गरेको हो।  

जेठ २१ गते पीडित बालिकालाई बलात्कार गर्न खोज्ने आरोपित कोलीलाई शनिबार पक्राउ गरिएको प्रहरीले जनाएको छ।

पक्राउ गरिएका आरोपितविरुद्ध जबरजस्तीकरणी उद्योग अन्तर्गत आइतबार मुद्धा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ। 

पीडितको आइतबार नै जिल्ला अस्पताल दार्चुलामा स्वास्थ्य परीक्षण गरिएको छ। 

पीडक र पीडित परिवारबीच गाउँमै घटना मिलाउने प्रयास भएको कारण ढिला गरी जाहेरी आएको हुनसक्ने प्रहरीले जनाएको छ।

कमेन्ट लोड गर्नुस