सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुरा अस्पतालमा क्रोनिक दुखाइको उपचार सुचारु हुने

२०७८ जेठ ३०, १२:०२ खबर संवाददाता

डडेल्धुराः डडेल्धुरा अस्पतालले क्रोनिक दुखाइको उपचार सुचारु हुनेका भएको छ। गत चैत्रदेखि सुरु गरिएको क्रोनिक दुखाइको उपचार कोरोनाका महामारीका कारण रोकिएको थियो।

कोरोना संक्रमण कम हुँदै गएपछि असारदेखि पुनः क्रोनिक दुखाइको उपचार सुरु गरिने अस्पतालले जनाएको छ। डडेल्धुरा अस्पतालका एनेस्थेसियोलोजी तथा क्रिटिकल केयर प्रमुखका डा.तीर्थराज भण्डारीले क्रोनिक दुखाइका बिरामीको उपचार गरिरहेका छन्।

ढाड दुकाइ, टाउको, जोर्नी, घाटी, हात खुट्टा झम्झमाउनेलगायत सबैका उपचार गरिने डा. भण्डारीले बनाएका छन्। क्यान्सरसम्बन्धी दुखाइलाई सुईको माध्यमबाट उपचार गरिने पनि उनले जानकारी दिएका छन्।

डडेल्धुरा अस्पतालमा क्रोनिक दुखाइको उपचार सुरु भएसँगै सुदूरपश्चिमका ७ जिल्लाका बिरामीहरूले तराईका जिल्ला र काठमाडौं जानुपर्ने बाध्यता हट्ने भएको छ।
 

कमेन्ट लोड गर्नुस