सुदूर नेपाललाई विश्वसँग जोड्दै

अमेरिकाका सबैभन्दा ठूला किसान हुन् बिल गेट्स, अन्तरिक्षबाट देखिन्छ उनको खेत

२०७८ जेठ २९, ०३:५२

एजेन्सी : माइक्रोसफ्टका संस्थापक बिल गेट्स अमेरिकाका सबैभन्दा ठूला किसान समेत हुन्। विश्व धनाढ्यको रुपमा चिनीने बिल गेट्सकै खेतबाट म्याकडोनाल्डको फ्रेन्च फ्राइजका लागि प्रयोग हुने आलु आउने गर्दछ। 

बिल गेट्स र उनी पूर्वपत्नी मेलिन्डा गेट्सको साथमा २६९,००० एकड जमिन छ। 

बिल गेट्सको कृर्षि फर्म यति ठूलो छ कि, त्यसलाई अन्तरिक्षबाट समेत देख्न सकिन्छ। एक रिपोर्टअनुसार अमेरिकाका कम्तिमा १८ वटा राज्यमा उनको आफ्नै जमिन छ।

लुसियानामा रहेको ७०,०० एकड जमिनमा सोयाबिन, मकै, कपास, धानलगायत उब्जनी हुन्छ। नेब्रास्कामा रहेको २०,००० एकड र वासिङ्गटनमा रहेको १४,००० एकड जमिनमा सोयाबिनसँगै आलू उब्जाइन्छ।

जुन म्याकडोनल्ड्सका लागि हुने गर्दछ।

कमेन्ट लोड गर्नुस