सुदूर नेपाललाई विश्वसँग जोड्दै

साँफेबगर–बाजुरा सडक खण्ड अवरुद्ध

फोटो : बडीमालिका खबर
फोटो : बडीमालिका खबर
२०७८ जेठ २९, १२:२६ खबर संवाददाता

बाजुरा: साँफेबगर–बाजुरा सडक खण्डमा अवरुद्ध पारिएको छ। साँफेबगर नगरपालिका–३ सिद्धेश्वर देउझालामा पर्ने सडकमा स्थानीयले अवरुद्ध पारेका हुन्। 

देउझाला क्षेत्रमा बुढिगंगा नदीँंगै जोडिएको सडकका कारण आफुहरुको बस्ती जोखिममा रहँदा समेत व्यवस्थानमा कुनै चासो नदिइएको भन्दै चक्काजाम गरिएको स्थानीयले बताएका छन्।

बुढीगंगा नदिसंगै जोडिएको सडकमा नदीको कटानका कारण बस्ती नै जोखीममा रहेकाले आवश्यक व्यवस्थापनका लागि विभिन्न क्षेत्रलाइ ध्यानाकर्षण गरिएको स्थानीय मुकेश कुँवरले बताए। तर पनि जोखिमबारे सरोकारवालाले कुनै सुनुवाइ नगरेपछि आफूहरुले बाध्य भएर चक्काजाम गरेको उनले बताए। 

सडकका अवरुद्ध हुँदा दर्जनौ गाडीहरु अलपत्र परेका छन्।

कमेन्ट लोड गर्नुस