सुदूर नेपाललाई विश्वसँग जोड्दै

पाटनलाई नयाँ शहर बनाउने योजना अलपत्र

२०७५ कार्तिक ८, ०६:०२ सीपी लोहीया

बैतडीको पाटनलाई नयाँ शहर बनाउने योजना अलपत्र परेको छ। सरकारले २०६८ सालमा देशका १० ओटा नमूना शहर मध्ये बैतडीको पाटनलाई पनि नमूना शहर बनाउने योजना अघि सारेको थियो। नमूना शहर बनाउने सरकारको योजना पछिल्लो समयमा अलपत्र परेको हो। नयाँ शहर आयोजना अन्तर्गत गत बर्ष सम्म केही काम भएपनि चालु आर्थिक बर्षमा प्रदेश सरकारमा बजेट गएपछि कुनै काम अघि बढ्न नसकेको साविकको शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय बैतडीका प्रमुख प्रवीण शाहले बताउनुभयो। पाटन नयाँ शहरमा जग्गा प्लटीङको काम समेत अघि बढ्न सकेको छैन्। पहाडी क्षेत्रबाट तीव्र रुपमा भईरहेको बसाईसराई रोक्नका लागि सरकारले नयाँ शहरको अवधारणा ल्याएको भएपनि नमूना शहर निर्माणको काम भने अपेक्षाकृत रुपमा अघि बढ्न सकेको छैन्। २ लाख जनसंख्या बसाउने र भौतिक पूर्वाधार विकासमा पहुँच पु¥याउने सरकारको लक्ष्य रहेपनि नयाँ शहरको काम अघि बढ्न सकेको छैन्। नमूना शहर निर्माणको कामले गति लिन नसक्दा स्थानीयबासिन्दा निराश भएको पाटन नगरविकास समितिका पूर्व अध्यक्ष जंगबीर बिष्टले जानकारी दिए।

सीपी लोहीया दिनेश खवरका बैतडी संवाददाता हुन्।

कमेन्ट लोड गर्नुस