सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा पूर्वाधार विकासका अधिकांश कार्यक्रम अधुरै

आर्थिक वर्ष सकिन एक महिना बाँकी

२०७८ जेठ २९, ०९:३३ सरेन जैरू

धनगढीः कैलालीमा आर्थिक वर्ष सकिन एक महिना बाँकी रहेका बेला प्रदेश पूर्वाधार विकास कार्यक्रमको बजेटमा सञ्चालन भइरहेका अधिकांश भवनहरूको निर्माण कार्य बल्ल सुरू भएको छ।

प्रदेश सभा सदस्यको सो कार्यक्रमको रकम हिनामिना हुँदै आएको भन्दै चौतर्फी विरोध भएका बेला ढिलो गरि काम सुरू भएकाले अधिकांश योजना अधुरै रहने चिन्ता गरिएको छ।

धनगढी उप-महानगरपालिका ४ स्थित आदर्श सेवा समितिको थप कोठा निर्माण गर्न १५ लाख रूपैयाँ विनियोजन गरिएको छ। तर सो भवनको निर्माणको बल्ल सुरू भएको हो। प्रदेश सभा सदस्यहरूको यो कार्यक्रमको रकम हिनामिना हुँदै आएको भन्दै चौतर्फी विरोध हुँदै आएका बेला ढिलो गरि काम सुरू भएकाले अधिकांश योजना अधुरै रहने चिन्ता गरिएको छ।

तर जारी लकडाउन र सरकारसँग सम्झौता गर्नमा ढिलाई हुँदा काम प्रभावित भएको दाबी सांसदहरूले गरेका छन्।

कैलाली क्षेत्र नम्बर ५ ख बाट निर्वाचित प्रदेश सभा सदस्य डिल्ली राज पन्तले जारी लकडाउन र सरकारसँग सम्झौता गर्नमा ढिलाई हुँदा काम प्रभावित भएको बताए।

धनगढी उपमहानगरपालिका ४ स्थित शिवपुरीधाम कुटी भवनको कोठा थप गर्न १० लाख रुपैयाँ विनियोजन गरिएको थियो। उक्त भवनको निर्माणको काम पूर्ण भएको छैन।

यसरी ढिलो गरी सुरू गरिँदा भवन निर्माणको काम पूर्ण नहुने देखिएको छ। तर सहरी विकास तथा भवन कार्यालय प्रमुख इन्द्र स्वारले भने केही योजना बाहेक सबै योजनाको भौतिक प्रगति ८० प्रतिशत भएको दाबी गरेका छन्।

सुदूरपश्चिम प्रदेशमा प्रत्यक्षतर्फ ३२ जना प्रदेश सभा सदस्यहरु छन्। एक जना प्रदेश सभा सदस्यलाई ३ करोडका दरले प्रदेश सरकारले बजेट विनियोजन गरिँदै आएको छ। कार्यक्रमको रकम प्रदेश सभा सदस्यहरुले छनोट गरेका क्षेत्रमा खर्च हुँदै आएको छ। तर प्रदेश पूर्वाधार कार्यक्रममा सबैभन्दा बढी अनियमितता हुने गरेको आरोप पनि लाग्ने गरेको छ।

यो कार्यक्रम खारेज भएमा प्रदेश सरकारले सांसद विकास कोषमार्फत वितरण गर्नुपर्ने ९६ करोड बजेट कोरोना रोकथाम गर्न स्वास्थ्य क्षेत्रमा लगानी गर्न सकिने सरोकारवालाहरूले सुझाव दिएका छन्।

सरेन जैरू, दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस