सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी आउँदै गरेको टिप्परले डडेल्धुरामा पैदलयात्रीलाई ठक्कर दियो

फाईल फोटो
फाईल फोटो
२०७८ जेठ २८, ०४:५४ खबर संवाददाता

धनगढीः डडेल्धुरामा टिप्परको ठक्करबाट एक जना घाइते भएका छन्।

जिल्लाको अमरगढी नगरपालिका वडा नम्बर १ स्याउलेमा टिप्परले ठक्कर दिँदा गन्यापधुरा गाउँपलिका वडा नम्बर २ की ५२ वर्षीय कमलादेवि देउवा घाइते भएको ट्राफिक प्रहरी कार्यालय अत्तरीयाले जनाएको छ। 

अछामबाट धनगढी आउँदै गरेको से १ क १४२२ नम्बरको उक्त टिप्परले शुक्रबार दिउँसो १ बजेको समयमा ठक्कर दिएको प्रहरीले जनाएको छ। 

टिप्पर चालक राप्तीको सुनारी गाउँपलिका वडा नम्बर २  बाँकेका टोपबहादुर थारु र टिप्पर जिल्ला ट्राफिक प्रहरी कार्यालय डडेल्धुराले नियन्त्रणमा लिएको छ। 

घाइते देउवाको उपक्षेत्रिय अस्पताल डडेल्धुरामा उपचार भइरहेको छ। उनको मुख र हातमा चोट लागेको प्रहरीले जनाएको छ। 
 

कमेन्ट लोड गर्नुस