सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुराका स्थानीय तहलाई अक्सिजन कन्सन्ट्रेटर र स्वास्थ्य सामग्री हस्तान्तरण

२०७८ जेठ २६, ०४:२० खबर संवाददाता

डडेल्धुरा: डडेल्धुराका स्थानीय तहलाई कोभिडका बिरामीलाई अत्यावश्यक अक्सिजन प्रदान गर्ने कन्सन्ट्रेटर सहयोग गरिएको छ।

सुरक्षित मातृत्व सञ्जाल महासंघ नेपालको सहयोगमा जिल्लाका ४  स्थानीय तहलाई २/२ वटाका दरले अक्सिजन कन्सन्ट्रेटर सहयोग गरिएको छ। 

बुधबार ग्रामीण महिला विकास तथा एकता केन्द्र (रुडुक) डडेल्धुराले अजयमेरु गाउँपालिका, भागेश्वर, नवदुर्गा र गन्यापधुरा गाउँपालिकालाई कन्सन्ट्रेटरसँगै अन्य स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ।

महासंघकी अध्यक्ष तथा नेपाली कांग्रेसकी नेतृ डा. आरजु राणा देउवाको पहलमा कन्सन्ट्रेटरसँगै अन्य स्वास्थ्य सामग्री आएको रुडुककी कार्यकारी निर्देशक सरस्वती खड्काले बताइन। 

अन्य स्वास्थ्य सामग्री जस्तै सेनिटाइजर तथा साबुन जिल्लास्थित ४ वटै सुरक्षा निकाय र पत्रकार महासंघलाई वितरण गरेको उनले बताइन्। 

आगामी दिनमा पनि अन्य सहयोग गर्ने निर्देशक खड्काको भनाई छ। 

कमेन्ट लोड गर्नुस