सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा डेरा गरी बस्ने पुरुष मृत फेला, एक जना संदिग्ध पक्राउ

२०७८ जेठ २५, ०४:१५ खबर संवाददाता

धनगढी: कैलालीमा एक जना पुरुष मृत अवस्थामा फेला परेका छन्।

जिल्लाको लम्कीचुहा नगरपालिका–२ अमरपुरमा ३५ वर्षीय विशाल बुढाथोकीको शव सोमबार फेला परेका हो। 

डेरा गरी बस्दै आएका उनको शव फेला पर्नु शंकास्पद रहेको स्थानीयले बताएका छन्। उनको हत्या भएको हुनसक्ने भन्दै कैलाली प्रहरीले उनीसँगै बस्ने एक जनालाई पक्राउ गरेको छ। तर हत्यामा ती संदिग्धको संलग्नता पुस्टि नभएको भन्दै उनको परिचय गोप्य राखिएको छ। 

अहिले मृत फेला परेका बुढाथोकीको शव परीक्षणका लागि टीकापुर अस्पतालमा राखिएको जिल्ला प्रहरी कर्यालय कैलालीका प्रवक्ता प्रतीक विष्टले बताए। 

घटना सम्बन्धी थप अनुसन्धान भइरहेको उनले बताए। 
 

कमेन्ट लोड गर्नुस