सुदूर नेपाललाई विश्वसँग जोड्दै

अछाममा ट्रयाक्टर दुर्घटना हुदा एकको मृत्यु, दुईको अवस्था गम्भीर

२०७५ कार्तिक ७, ०४:३२ खबर संवाददाता

अछाममा ट्रयाक्टर दुर्घटना हुदा एकजनाको मृत्यु भएको छ भने ३९ जना घाइते भएका छन्। मंगलसेन नगरपालिका ४ सिर्जनचोकबाट जयगड वान्नीगढी गाँउपालिकामा लाग्ने मेला भर्न जादै गरेको  लु ३ त ५१०१ नम्बरको ट्रयाक्टर कैलाशखोला नजिकै दुर्घटना हुदा सोही स्थानकी ३५ वर्षिय मैनादेवी धामीकेसीको मृत्यु भएको हो। दुर्घटनामा परी ३९ जना घाइते भएका छन्। घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर रहेको छ। मंगलसेन नगरपालिकाकी १४ वर्षिय कमला सेठी र १७ वर्षिय पवित्रा केसी गम्भीर घाईते रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।अछाममा उपचार सम्भव नभएपछि उनीहरुलाई थप उपचारका लागि नेपालगञ्ज रेफर गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरिक्षक जनक बहादुर शाहीले जानकारी दिए। अन्य २५ जना घाइतेको वयलपाटा अस्पताल र १७ जनाको जिल्ला अस्पताल अछाममा उपचार भइरहेको छ। 
 

कमेन्ट लोड गर्नुस