सुदूर नेपाललाई विश्वसँग जोड्दै

जिल्ला अस्पताल बैतडीमा भेन्टिलेटर कक्ष सञ्चालन

२०७८ जेठ २४, ०६:०५ खबर संवाददाता

बैतडी: जिल्ला अस्पताल बैतडीमा भेन्टिलेटर कक्ष सञ्चालनमा आएको छ। 

दक्ष जनशक्तिको अभावमा प्रयोगविहिन भएका भेन्टिलेटर बेड प्रदेश सरकारले फिर्ता लग्ने भनेपछि भएकै जनशक्तिबाट भेन्टिलेटर कक्ष सञ्चालनमा ल्याइएको अस्पतालका प्रमुख डा. वसन्तराज जोशीले बताए।

भेन्टिलेटर कक्षका लागि केही नर्सिङ स्टाफहरु थप्ने तयारी समेत भएको डा. जोशीले बताए।  

अहिले कोरोनाका गम्भीर बिरामीहरुलाई जिल्लामै भेन्टिलेटरमा राखेर उपचार गर्ने गरिएको उनले बताए। अहिले एकजना बिरामीको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ।
 

कमेन्ट लोड गर्नुस