सुदूर नेपाललाई विश्वसँग जोड्दै

अफगान राष्ट्रपति र अमेरिकी विदेश दूतबीच काबुलमा भेट

। फोटो स्रोत ।
२०७८ जेठ २४, ०१:३०

काबुल: अफगान राष्ट्रपति मोहमद असरफ घानी र अफगानिस्तानका लागि अमेरिकी विदेश दूतबीच काबुलमा भेट भएको छ। 

उनीहरुबीच आइतबार अफगानिस्तानको राजधानी काबुलमा भेट भएको राजधानी काबुलबाट प्राप्त समाचारमा जनाइएको छ। विशेष दूत जालमी खालिजाद अफगानिस्तानको सरकार र यहाँका तालिबानहरुबीचको शान्ति वार्ताका लागि पनि प्रमुख मध्यस्थकर्ताका रुपमा रहेका छन्।

उनीसँगै हालै अफगानिस्तान आएको शान्ति वार्ता सम्बन्धी टोलीका सदस्यहरु पनि रहेका बताइएको छ। सो टोलीका सदस्यहरु सँगै खालिजादले अफगानिस्तानका राष्ट्रपति घानीसँग आइतबार भेटवार्ता गरेको समाचारमा जनाइएको हो। त्यस भेटका क्रममा अफगानिस्तानको पछिल्लो अवस्था र शान्ति वार्ताका विषयमा पनि कुराकानी भएको बताइएको छ। 

उनीहरुले त्यस क्रममा दुई देशबीचको आर्थिक सहयोगका साथै अरु क्षेत्रीय राजनीतिक विषयहरुमा पनि कुराकानी गरेको बताइएको छ। यसका साथै अफगानिस्तानमा केही समय अघि रोकिएको शान्ति वार्ताका विषयमा पनि  उहाँहरुका बीचका कुराकानी भएको बताइएको छ। 

अफगानिस्तानको सरकार र तालिबानबीच केही समयअघि सुरु भएको वार्ता त्यसै स्थगित भएको छ। त्यसपछि अहिले भने तालिबानहरुले अफगानिस्तानमा हिंसात्मक हमलाहरुलाई फेरि पनि निरन्तरता दिएका छन्। -सिन्ह्वा

कमेन्ट लोड गर्नुस