सुदूर नेपाललाई विश्वसँग जोड्दै

अनलाइन क्लासबाटै शिक्षक र विद्यार्थीबीच माया बस्यो, प्रेमपछि बिहे

२०७८ जेठ २४, ०१:०३ खबर संवाददाता

एजेन्सी: कोरोना महामारीका बेला लकडाउन भएपछि जताततैका शैक्षिक संस्थाहरु बन्द भएका छन्। तर शैक्षिक कार्यक्रमलाइए निरन्तरता दिन विद्यालयहरुले वैकल्पिक माध्यमबाट अध्यापन गराइरहेका छन्। 

सोही भर्चुअल माध्यममार्फत शिक्षक र विद्यार्थीबिच माया बसेको खबर बाहिरिएको छ। यतिसम्मकी ती दुवै प्रेमिल जोडी वैवाहिक बन्धनमा समेत बाँधिएका छन्। 

रोचक खबर हो भारतको बिहारस्थित भागलपुरको। त्यहाँका एक शिक्षकको अन्लाइन क्लास पढाउँदा पढाउँदै विद्यार्थीसँग माया बसेको रहेछ। 

जूम र ह्वाट्सयापमा चलेको अन्लाइन क्लासमा फिजिक्सको कोचिङ पढाउने चलाउने रोहितले अन्लाइन क्लास लिँदै गर्दा बांकामा बस्ने काजलसँग प्रेम गरे। त्यसपछि दुवैबीच प्रेम बस्यो र रोहितले रोहितले दाइजो नलिइकन काजलसँग मन्दिरमा विवाह गरेका छन्। 

गत २ जुनमा कुमारपुरको काली मन्दिरमा रोहित र काजलको विवाह भएको त्यहाँका सञ्चार माध्यमले जनाएका छन्। 

कमेन्ट लोड गर्नुस