सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा एक कोरोना संक्रमितको मृत्यु

फाइल फोटो
फाइल फोटो
२०७८ जेठ २४, १०:५२ खबर संवाददाता

धनगढी: बैतडीमा एक कोरोना संक्रमितको मृत्यु भएको छ। जिल्लाको दशरथचन्द नगरपालिका -४ की ८५ वर्षीया वृद्धाको मृत्यु भएको हो।

उनको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको थियो। यही जेठ २० गते कोरोना भाइरसको संक्रमण पुस्टि भएकी उनलाई सोही दिन जिल्ला अस्पताल बैतडीबाट रेफर गरिएको थियो।

योसंगै जिल्लामा १६ जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ।

कमेन्ट लोड गर्नुस