H-A

सुदूर नेपाललाई विश्वसँग जोड्दै

२०७८ असार १०, बिहिवार ०४:५०
Jun 24 2021, Thursday
04:50:50 AM

विश्वकप र एसियन कपको छनोटमा नेपालले आज जोर्डनसँग खेल्ने

विज्ञापन
खवर संवाददाता
२०७८ जेठ २४ ०७:४९
अ+

काठमाण्डौ– फिफा विश्वकप सन् २०२२ तथा एसियन कप सन् २०२३ अन्तर्गत दोस्रो चरणको छनोट खेलमा नेपालले आज जोर्डनसँग खेल्दैछ।  खेल राति पौने १० बजे कुवेतको कुवेत सिटीमा रहेको जाबेर अल अहमद अन्तर्राष्ट्रिय स्टेडियममा हुनेछ।

यसअघि नेपालले चाइनिज ताइपेईमाथि २–० गोलको जित निकालेको थियो। आज पनि उच्च मनोबलका साथ मैदानमा उत्रने तयारी भएको नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीले बताएका छन्। चाइनिज ताइपेईलाई हराउनुअघि इराकसँगको मैत्रीपूर्ण खेलमा नेपाल ६–२ गोल अन्तरले पराजित भएको थियो।

जोर्डन पनि आज नेपाललाई हराएर विश्वकपमा छनोट हुने आशा जीवित राख्न चाहन्छ । नेपालले अब आउँदो शुक्रवार  अष्ट्रेलियासँग खेल्नेछ। छनोटको समूह ’बी’ मा रहेको नेपालले ६ खेलमा ६ अङ्क जोडेको छ। नेपाल तालिकाको चौथो स्थानमा रहेको छ। जोर्डन ५ खेलमा १० अङ्क जोडेर तेस्रो स्थानमा रहेको छ।
 

विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
Skip Ad