सुदूर नेपाललाई विश्वसँग जोड्दै

ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

फाईल तस्बिर
फाईल तस्बिर
२०७८ जेठ २३, ०२:१६ खबर संवाददाता

गोरखा – ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। 

गोरखाको पालुङटार नगरपालिका–९ बिर्दीबजार नजिकै भएको ट्र्याक्टर दुर्घटना हुँदा धादिङको दार्खा घर भएका २० वर्षका याकुब तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ। 

प्रहरी स्रोतका अनुसार ग १ त ४२७८ नम्बरको ट्र्याक्टर गएराति पौने १० बजेतिर सडकबाट १० मिटर तल खस्दा उनको घटनास्थलमै मृत्यु भएको हो। 

खोप्लाङको मसानेठाँटीबाट बिर्दीतर्फ गइरहेको खाली ट्र्याक्टर दुर्घटना भएको जनाइएको छ। 
 

कमेन्ट लोड गर्नुस