सुदूर नेपाललाई विश्वसँग जोड्दै

एकपटक कोरोना संक्रमण भएकाहरुमा १० महिनासम्म पुनः संक्रमण हुने जोखिम न्यून

२०७८ जेठ २३, ०७:३४ खबर संवाददाता

काठमाडौं: एक अध्ययनका अनुसार एकपटक कोरोना संक्रमण भएकाहरुमा १० महिनासम्म पुनः संक्रमण हुने जोखिम न्यून हुने देखिएको छ। 

अध्ययनको नतिजाअनुसार एकपटक कोरोना संक्रमण भएपछि १० महिनासम्म शरीरमा एन्टिबडी सक्रिय रहने देखिएको छ। सो अध्ययनको नतिजा प्रतिष्ठित ल्यासेन्ट जर्नलमा हालै प्रकाशित भएको हो। 

युनिभर्सिटीक कलेज लण्डनका अनुसन्धानकर्ताले बेलायतका दुई हजार संक्रमितमा गरेको उक्त अध्ययनअनुसार पहिलो पटक संक्रमण भएको १० महिनासम्म पुनः संक्रमण हुने दर निकै न्यून देखिएको हो। 

यो अध्ययनमा कोरोना भाइरसविरुद्धको खोप लगाएकाहरुलाई भने समावेश गरिएको छैन। 

कमेन्ट लोड गर्नुस