सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुरामा औषधि अभाव, 'पारासिटोमोल' समेत पाउनै छाड्यो

२०७८ जेठ २२, ०१:२० खबर संवाददाता

डडेल्धुरा: निषेधाज्ञा लम्बिदै डडेल्धुरामा औषधि अभाव भएको छ। औषधीको आयात हुन नसक्दा जिल्ला सदरमुकाम लगायत ग्रामीण क्षेत्रमा औषधीको अभाव हुन थालेको हो।

कोरोना संक्रमितले पारासिटोमोल समेत पाउनै छाडेका छन्। आवश्यकता भन्दा वढी औषधि खरिद गरेर घरमा राख्दा बजारमा अभाव हुन थालेको औषधि पसल सञ्चालकहरु बताउँछन्।

सामान्य औषधी सिटामोल, ब्रोफिन, आस्थालिन, जिवनजल लगायतका औषधीको अभाव हुँदा बिरामीलाई समस्या हुन थालेको ग्रेस मेडिकलका सञ्चालक जितराज भट्टले बताए। 

यस्तै स्थानीय तह अन्र्तगतका स्वास्थ्य चौकी र स्थानीय औषधि पसलहरुमा पनि औषधिको अभावले समस्या बढ्दै गएको छ।

कमेन्ट लोड गर्नुस