सुदूर नेपाललाई विश्वसँग जोड्दै

नवयुग

२०७५ कार्तिक ६, ०४:०७ खबर संवाददाता

आयो आयो नवयुग नयाँ घाम नौलो उदायो ।
आँधी ब्याधी सवतिर अझै लोकमा शान्ति छायो ।।
यो हो सारा मुलुकभरको मानिसैको छ इच्छा ।। 
आओस शान्ति सवतिर सधैं पूर्ष हो है सुदिच्छा ।।१।।

जो छन् दोसी अव उनीहरु द्रोह गर्नै नपाउन् ।
चोरी गर्ने चुनिचुनि सवै कानुनी दण्ड पाउन् ।
यौटै होला लिखित विधिको आज यौटै विधान ।
कैल्यै हामी अव कहिपनी को छ गर्ने महान ।।२।।

आजै हामी जतिपनि गरौ काम रीसै नमानी ।
भोली हामी गगनभरका भेषमा त्यो महानी ।
गर्ने क्रीडा अवकहिपनी छैन राम्रो जहानी ।
बाँच्ने छैनौ कहिपनि अझै आज तिम्रो परानी ।।३।।

आयो होला विपुल जगमा को छ दीने परानी ।
छायो होला अतुलित खुशी लोकमाझै खरानी ।
त्योहो खोला कलकल बगी लाृकमाझै सिरानी ।
भोली जाने मनयदि गरे को छ आफ्नो विरानो ।।४।।

होला मीठो मधुकरपनी आजभोली खुराकी ।
बोल्ने होला मधुर गितभनी कोयलैले सुराकी ।
मीठो आजै तरुफलकती बोल्छ मीठो सुरैले ।
गायो गीतै सुरसुर सुरीलो छ मोहीत अ‍ैले ।।५।।
                
 

कमेन्ट लोड गर्नुस