सुदूर नेपाललाई विश्वसँग जोड्दै

थप ६६ सय ५३ जनामा काेराेना संक्रमण

२०७८ जेठ २१, ०५:२४ खबर संवाददाता

काठमाडौं: पछिल्लो केही दिनयता कोरोना भाइरस (कोभिड-१९) बाट संक्रमित हुनेभन्दा निको हुनेको संख्यामा वृद्धि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पनि नेपालमा पछिल्लो समय कोरोना संक्रमणदर घट्दै गएको बताएको छ। बिहीबार ८ हजार ६६३ जना कोरोना संक्रमणबाट मुक्त भएका छन्। यो सहित निको हुनेको संख्या ४ लाख ७६ हजार १३० पुगेको छ। निको हुने यो ८१.९ प्रतिशत हो।

यस्तै पछिल्लो २४ घन्टामा ६६ सय ५३ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ भने १०१ जनाले कोरोनाबाट ज्यान गुमाएका छन्। यो सहित कोरोनाबाट ज्यान गुमाउने संख्या ७ हजार ७३१ पुगेको छ। मन्त्रालयका अनुसार हाल ९७ हजार ६९९ कोरोनाका सक्रिय संक्रमित छन् भने ७५५ जना क्वारेन्टाइमा रहेका छन्।

कमेन्ट लोड गर्नुस