अछाममा जेठ ३१ गतेसम्म निषेधाज्ञा
२०७८ जेठ २१, ०२:१७
धनगढी: अछाममा जेठ ३१ गतेसम्म निषेधाज्ञाको अवधि थप गरिएको छ।
जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको बैठकले यही जेठ ३१ गतेसम्मका लागि निषेधाज्ञाको अवधि थप गरेको हो।
जिल्लामा जेठ २२ गते राति १२ बजेदेखि ३१ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थप गरिएको जिल्ला प्रशासन कार्यालय अछामले जनाएको छ।
कमेन्ट लोड गर्नुस