सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटीमा निषेधाज्ञा थप

२०७८ जेठ २१, १२:०७ रासस

डोटी: कोरोना रोकथाम तथा नियन्त्रणका लागि जारी निषेधाज्ञालाई यही जेठ ३१ गतेसम्म लम्ब्याइएको छ। 

जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको बिहीबार बसेको बैठकले निषेधाज्ञाको अबधि थप गरेको प्रमुख जिल्ला अधिकारी सुनील खनालले जानकारी दिए।

जिल्लामा  सक्रिय सङ्क्रमितको सङ्ख्या ६०० पुगेको छ। कोरोनाबाट जिल्लाभित्र र बाहिर गरी हालसम्म ११ जनाले अकालमा ज्यान गुमाएका छन्।

कमेन्ट लोड गर्नुस