सुदूर नेपाललाई विश्वसँग जोड्दै

सशस्त्र प्रहरीका डिआईजी श्रेष्ठको पदावधी थपको फाइल गृहमन्त्रालय पठाइयो

२०७८ जेठ २०, ०३:३४ खबर संवाददाता

काठमाडौं: सशस्त्र प्रहरीका डिआईजी प्रवीण श्रेष्ठको पदावधी थपको लागी प्रक्रिया सुरु भएको छ।

सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले श्रेष्ठको पदावधी थपको फाइल गृहमन्त्रालय पठाएका हुन्। 

सशस्त्रको सुदूरपश्चिम प्रदेशको प्रमुख रहेका श्रेष्ठको चार वर्षे कार्यकाल सकिन लाग्दा एक वर्ष थपको लागी प्रक्रिया सुरु गरिएको हो।

पदावधी १ वर्ष थप भए उनको सशस्त्र प्रहरी प्रमुख बन्ने बाटो खुल्ने बताइएको छ।
 

कमेन्ट लोड गर्नुस