सुदूर नेपाललाई विश्वसँग जोड्दै

कोरोना संक्रमणबाट चिकित्सकको मृत्यु

२०७८ जेठ २०, ०२:३४ खबर संवाददाता

काठमाडौं: कोरोना संक्रमणका कारण युनिभर्सल मेडिकल कलेज शिक्षण अस्पताल भैरहवामा कार्यरत एक चिकित्सकको मृत्यु भएको छ।

विगत २५ दिनदेखि कोरोना संक्रमण भई काठमाडौंमा उपचार गराईरहेका डा. पशुपति रजौरियाको बुधवार राति सवा ९ बजे मृत्यु भएको हो।

लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार गराईरहेका रजौरियाको उपचारकै क्रममा कोरोना  नेगेटिभ आएको थियो।

तर, पछि उनको स्वास्थ्यमा थप जटिलता देखिएपछि हेलिकप्टरबाट काठमाडौं लगिएको थियो। २० दिनसम्म भेन्टीलेटरमा राखेर उनको उपचार गरिएको तर, बचाउन नसकिएको डाक्टरहरुले बताएका छन्।

कपिलवस्तुको कृष्णनगर निवासी डा. रजौरिया सुरुमा लुम्बिनी प्रादेशिक अस्पताल बुटबल, देवदह मेडिकल कलेज हुँदै विगत केहि महिनादेखि भैरहवा स्थित युसिएमएसमा जनरल फिजिसियनको रुपमा कार्यरत थिए। 

 

कमेन्ट लोड गर्नुस