सुदूर नेपाललाई विश्वसँग जोड्दै

कोभिड र ननकोभिड बिरामीका लागि सुदूरपश्चिमभर फोनमार्फत नि:शुल्क परामर्श

२०७८ जेठ २०, १२:१३ खबर संवाददाता

धनगढी: अब कोभिड र ननकोडिका बिरामीहरुले फोन मार्फत नि:शुल्क परामर्श लिन पाउने भएका छन्।

धनगढीको कैलाली अस्पतालमा फिजियोथेरापी बिभाग प्रमुख डा. सुरेन्द्र ऐरको नेतृत्व र “म बाँच्छु अनि बचाउँछु अभियान“ को समन्वयमा कोभिड र ननकोभिडका बिरामीहरुले फोनमार्फत परामर्श लिन पाउने भएका हुन्।

युवामार्फत सञ्चालित “म बाच्छु अनि बचाउँछु“ अभियानले कोभिड–१९ को विषम परिस्थितिमा जुनसुकै सहयोग (एम्बुलेन्स, राहत, डा.परामर्श, रगत, विद्यार्थीका समस्या)को आवश्यकता भएका मानिसहरूलाई केही समययता सहयोग गर्दै आइरहेको बताएको छ। 

अभियानले अहिले सुदूरपश्चिमभरि विभिन्न ठाउँमा युवाहरुको सञ्जाल बनाएर काम गरिरहेको छ। कोभिड संक्रमित बिरामीहरूको स्वास्थ्य अवस्थामा सुधार ल्याउनका लागि र कोभिड सङ्क्रमण नभएका अन्य बिरामीहरुलाई विशेषज्ञ डाक्टर मार्फत निःशुल्क स्वास्थ्य परामर्श सेवा उपलब्ध गराउने बताइएको छ। 

कमेन्ट लोड गर्नुस