सुदूर नेपाललाई विश्वसँग जोड्दै

९ दिनमा भएका ७ दुर्घटनामा ७ जनाको मृत्यु

२०७५ कार्तिक ६, ०७:४७ सीताराम ओझा

यस वर्षको वडादशैंमा कैलाली कञ्चनपुर र बझाङमा भएका सवारी दुर्घटनामा ७ जनाको मृत्यु भएको छ । तीन वटा जिल्लामा भएका ७ वटा सवारी दुर्घटनामा ५ जना गम्भीर घाईते भएका छन् । विजयादशमीकै दिन मात्रै ३ जनाले ज्यान गुमाएका छन् । मादक पदार्थ सेवन गरेर सवारी चलाउँदा वढी दुर्घटना भएको ट्राफिक प्रहरीले जनाएको छ । यस वर्षको वडादशैं अन्तर्गत घटस्थापनादेखि विजयदाशमीका दिनसम्म भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ७ जनाको मृत्यु भएको हो । कैलाली कञ्चनपुर र वझाङमा भएका सवारी दुर्घटनामा ५ जना गम्भीर घाईते भएका छन् । ७ वटा सवारी दुर्घटनामा ६ पुरुष र एक महिलाले ज्यान गुमाउँदा सवैभन्दा वढी ६ वटा मोटरसाईकल दुर्घटनामा परेका छन् । चाडपर्वका वेला मादश पदार्थ सेवन गरेर सवारी चलाउन गरेका कारण सवारी दुर्घटना वढेको प्रादेशिक ट्राफिक प्रहरी कार्यालय अत्तरीयाका कार्यालयका प्रहरी निरीक्षक टेकवहादुर जोराले बताए ।

यो अवधिमा सवैभन्दा वढी कैलालीमा भएका सवारी दुर्घटनामा ५ जनाको जनाको ज्यान गएको छ । कार्तिक २ गते लम्कीमा भएको मोटरसाईकलमा एक जना घाईते भए । सोही दिन गोदावरी नगरपालिकमा मोटरसाईकल पल्टिदा दिपक भण्डारीको मृत्यु भयो भने वझाङमा पनि टिका जमरा लगाउने मुख्य दिनर्मै वुंगल नगरपालिमा ट्याक्टर दुर्घटनामा चालक प्रकाश कुँवरको मुत्यु र दुई जना घाईते भए । विजयादशमीकै दिन धनगढी १३ गेटामा मोटरसाईकल दुर्घटना हुँदा २४ बर्षीय चालक सागर चौधरीको सेती अञ्चल अस्पतालमा उपचारका क्रममा ज्यान गयो ।

नवमीका दिन कञ्चनपुरको वेदकोट नगरपालिका मोटरसाईकल दुर्घटना हुँदा जगत रानाको मृत्यु भयो भने दुई जना घाईते भए । यस्तै गत असोज २६ गते कैलालीको जानकाीगाउँपालिकामा मोटरसाईकलले ठक्कर दिदा पैदल यात्री मिना वमको मृत्यु भयो । घटस्थापनाकै दोस्रो दिन गोदावरीको वनखेतमा वस र मोटरसाईकल ठोक्किदा हेमन्त साउँद र विक्रम खड्काको मृत्यु भएको तथ्यांक ट्राफिक प्रहरीसँग रहेको छ । तर साना दुर्घटना र सामान्य घाईते भएका दुर्घटनाको वारेमा जानकारी नआएको प्रादेशिक ट्राफिक प्रहरी कार्यालय अत्तरीयाका प्रहरी निरीक्षक टेकवहादुर जोराको भनाई छ ।

विशेष गरेर मादक पदार्थ सेवन गरेर सवारी चलाएका कारण दुर्घटनाको संख्या बढेको ट्राफिक प्रहरीले जनाएको छ । त्यसमा पनि ठुला सवारीभन्दा मोटरसाईकल दुर्घटना नै वढी रहेका छन् । त्यसैले मोटरसाईकल चलाउँदा विशेष ध्यान दिनुपर्ने र मादश पदार्थ सेवन नगरी सुरक्षित रुपमा चलाउनुपर्ने सुझाव ट्राफिक प्रहरीको रहेको छ ।

 

सीताराम ओझा दिनेश खवरका संम्पादक हुन्। उनले खेलकुद र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस