सुदूर नेपाललाई विश्वसँग जोड्दै

थप ५ हजार ११६ जनामा संक्रमण कोरोना पुस्टि

२०७८ जेठ १९, ०५:१४ खबर संवाददाता

धनगढी: नेपालमा पछिल्लो २४ घण्टामा ५ हजार ११६ जनामा कोरोना संक्रमण पुस्टि भएको छ।

१३ हजार ८०५ जनाको पीसीआर र ३ हजार ७३ जनाको एन्टिजेन परीक्षण गर्दा ५ हजार ११६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जानकारी दिएको छ। 

बुधबार पनि नयाँ कोरोना संक्रमितभन्दा संक्रमणमुक्त हुने धेरै भएका छन्। पछिल्लो २४ घण्टामा ७ हजार २१९ संक्रमित कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले अद्यावधिक गरेको विवरणमा उल्लेख छ। 

विगत २४ घण्टायता १०१ जना कोरोना संक्रमितको मृत्यु भएको छ। हाल १ लाख १ हजार ९९३ जना सक्रिय संक्रमित छन्।

कमेन्ट लोड गर्नुस