सुदूर नेपाललाई विश्वसँग जोड्दै

अछाममा बाघको छालासहित एकजना पक्राउ

२०७८ जेठ १९, ०२:४६ खबर संवाददाता

अछाम : अछाममा बाघ(चितुवा)को छालासहित एकजना पक्राउ परेका छन्।

जिल्लाको कमलबजार नगरपालिका–८ ढाकु बस्ने ५० वर्षीय विष्णुबहादुर विष्टलाई एकथान चितुवाको छालासहित प्रहरीले पक्राउ गरेको हो।

इलाका प्रहरी कार्यालय कमलबजारबाट खटिएको प्रहरीले उक्त चितुवाको छालासहित फेला पारी उनलाई नियन्त्रणमा लिएको हो। 

उक्त घटनाबारे थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ। 

कमेन्ट लोड गर्नुस