सुदूरपश्चिममा चिनियाँ खोप आउँदै
काठमाडौं: सरकारले अनुदानमा प्राप्त चिनियाँ ७ वटै प्रदेशमा पठाउने तयारी गरेको छ।
मंगलबार काठमाडौं ल्याइएको चिनियाँ खोप ७ वटै प्रदेशमा रहेका ६० देखि ६४ वर्ष उमेर समूहका जनसंख्यालाई आधार मानेर वितरण गर्न लागिएको स्वास्थ्य सेवा विभागले जनाएको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार सातै प्रदेशमा गरी यो उमेर समूहका करिब ८ लाख ५५ हजार जना रहेका छन्।
केन्द्रबाट प्रदेश आपूर्ति केन्द्रमा पठाइने छ र केन्द्रले प्रदेश स्वास्थ्य निर्देशनालयसँग मिलेर खोप अभियान सञ्चालन गर्नेछ। तर कुन प्रदेशमा कति डोज खोप जान्छ भन्ने यकिन नगरिसकिएको छ।
बुधबार कुन प्रदेशलाई कति खोप पठाउने भन्ने यकिन गरेपछि बिहीबार साँझ वा शुक्रबार बिहानै सबै प्रदेशमा खोप पठाउने तयारी केन्द्र सरकारको हो।