सुदूर नेपाललाई विश्वसँग जोड्दै

स्वास्थ्यकर्मीहरूलाई एक करोडको पुरस्कार प्रदान गरिँदै

२०७८ जेठ १९, ०६:१२ खबर संवाददाता

काठमाण्डौ – कोभिड–१९ सङ्क्रमित बिरामीको उपचारमा जुटिरहेका स्वास्थ्यकर्मीहरूलाई सम्मान गर्न एक व्यावसायिक प्रतिष्ठान अगाडि आएको छ। काठमाण्डौमा रहेको कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजले एक करोड रुपैयाँ स्वास्थ्यकर्मीहरूलाई सम्मान स्वरूप पुरस्कार दिने भएको हो।

इन्टरप्राइजका अध्यक्ष सुहृद घिमिरेले कोरोना सङ्क्रमितको उपचार सेवामा खटिएका देशभरिका एक सय जना स्वास्थ्यकर्मीलाई एक लाख रुपैयाँका दरले सम्मान पुरस्कार दिन नगद सहयोग गर्ने बताए। 

कोरोना सङ्क्रमणको जोखिममा खटिएका स्वास्थ्यकर्मीको कामको सम्मान गर्न र मनोबल उच्च बनाउन आफूहरूले सहयोग गर्न अगाडि आएको अध्यक्ष घिमिरेकी सुपुत्री अदिति घिमिरेले बताए। 

स्वास्थ्यकर्मीलाई छान्ने र पुरस्कृत गर्ने काम भने बारबारा फाउन्डेशनले गर्नेछ। 

कमेन्ट लोड गर्नुस