सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीबाट बझाङ गईरहेको जीप दुर्घटना, चालकको अवस्था गम्भीर

फाइल फोटो
फाइल फोटो
२०७८ जेठ १७, ११:२८ खबर संवाददाता

धनगढी: धनगढीबाट बझाङ गईरहेको जीप दुर्घटनामा परेको छ। 

बिरामी पुर्याएर धनगढीबाट बझाङ गईरहेको जीप सोमबार बिहान ५ बजेतिर बैतडीको पाटन नगरपालिका -८ स्थित वृन्दावनमा दुर्घटनामा परेको प्रहरीले बताएको छ। जीप सडकबाट करीब एक सय मिटर तल खसेको र दुर्घटनामा परी चालकसहित तीन जना घाइते भएका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले बताए। 

उनका अनसुार जीप चालक बझाङको वित्थडचीर गाउँपालिका -४ का २३ वर्षीय चन्द्र अधिकारीको अवस्था गम्भीर रहेको छ। त्यस्तै जीपमा सवार बझाङकै केदारस्युँ गाउँपालिका -२ का २५ वर्षीय भानुभक्त रावल र सोही गाउँपालिका -३ का १९ वर्षीय सुनिल खाती घाइते भएका छन्। 

उनीहरुलाई बैतडीको सिद्धेश्वर स्वास्थ्य चौकी खोड्पेमा सामान्य उपचारपछि धनगढी रेफर गरिएको प्रहरी निरीक्षक खड्काले बताए। दुर्घटनाको कारण भने नखुलेको र थप अनुसन्धान भइरहेको उनले बताएका छन्।

कमेन्ट लोड गर्नुस