जब बाजुराकी एक महिलाले आफ्ना श्रीमानको मृत्युको खबर सुनिन्
धनगढी: बाजुराकी बेपत्ता भएकी भनिएकी एक महिला मृत फेला परेकी छिन्।
जिल्लाको छेडेदह गाउँपालिका -७ की सरिता रावत आफ्ना श्रीमान सुरेश कठायतको मृत्युको खबर सुनेपछि बेपत्ता भएकी थिइन्। जिल्ला प्रहरी कार्यालय डडेल्धुराका अनुसार कोरोना भाइरस संक्रमित उनका श्रीमानको यही जेठ २ गतेबाट डडेल्धुरा अस्पतालमा उपचार भइरहेको थियो।
शनिबार सुरेशको मृत्यु भएको थाहा पाएपछि सरिता बेपत्ता भएकी थिइन्। बिहानैदेखि बेपत्ता सरिताको खोजी गर्दा साँझ आत्महत्या गरेको अवस्थामा फेला परेकी प्रहरीले बताएको छ। उनी डडेल्धुराको अमरगढी नगरपालिका ५ स्थित सुगरखाल वनमा रुखमा झुण्डिएको अवस्थामा फेला परेकी जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक राजेन्द्र चन्दले बताए।
सो वन अस्पतालबाट डेढ सय मिटर भित्र पर्ने बताइएको छ। महिलाको शव परीक्षणका लागि डडेल्धुरा अस्पतालमा राखिएको प्रहरी निरीक्षक चन्दले जानकारी दिए।