सुदूर नेपाललाई विश्वसँग जोड्दै

भीरबाट लडेर एकको मृत्यु

२०७५ कार्तिक ४, ०६:५६ सीपी लोहीया

बैतडीमा भीरबाट लडेर एकजनाको मृत्यु भएको छ। मेलौली नगरपालिका ५ मा पर्ने सीमा भिरबाट लडेर मेलौली ३ कुजागाडका २८ वर्षिय जय बहादुर चन्दको मृत्यु भएको हो।

मामाघर जान भनि हिडेका चन्दको शव घाँस काट्न गएका  महिलाहरुले आज देखेपछि स्थानियलाई खबर गरेका थिए। मृतक चन्दका श्रीमती र दुई छोरा छन्।

यस्तै जिल्लाको पुर्चौडी नगरपालिका ९ कुवाकोटका अंकल बहादुर कुवरकी १७ बर्षिय छोरी बन्दना खर काट्दै गर्दा भीरबाट लडेर घाइते भएकी छिन्।

उनको टाउको र खुट्टामा गभ्मीर चोर लागेकाले उपचारका लागी धनगढी रेफर गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। 

सीपी लोहीया दिनेश खवरका बैतडी संवाददाता हुन्।

कमेन्ट लोड गर्नुस