सुदूर नेपाललाई विश्वसँग जोड्दै

अखिल भारत नेपाली एकता मञ्चद्वारा १४औँ गणतन्त्र दिवसको शुभकामना

२०७८ जेठ १५, ०२:२४ खबर संवाददाता

नयाँ दिल्लीः भारतस्थित नेपाली प्रवासी संगठन अखिल भारत नेपाली एकता मञ्चले १४औँ गणतन्त्र दिवसको अवसरमा शुभकामना सन्देश जारी गरेको छ।

मञ्चले नेपालको गणतन्त्र दिवसको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा शुभकामना व्यक्त गरेको हो।

अखिल भारत नेपाली एकता मञ्चका केन्द्रीय सचिव आरबी खड्काले नेपाली जनताको दशकौँ लामो सङ्घर्षबाट देशमा संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत भएको स्मरण गर्दै गणतन्त्र ल्याउन आफ्नो अमुल्य जीवन उत्सर्ग गर्ने समस्त सहिदहरूप्रति श्रद्धाञ्जली, वेपत्ता योद्धाहरू र घाइते योद्धाप्रति उच्च सम्मान प्रकट गरे। 

लामो र ऐतिहासिक संघर्षको बलमा हासिल गरिएको गणतन्त्रले राजनीतिक तहमा ठूलै उथलपुथल ल्याएको र  जनताको जीवनमा भने राजनीतिक परिवर्तनले अझै गुणात्मक अन्तर ल्याउन नसकेको जारी शुभकामना सन्देशमा भनिएको छ।
 

कमेन्ट लोड गर्नुस