अस्पताललाई अक्सिजन सिलिण्डर सहयोग गर्दै दार्चुला प्रहरी
धनगढी: जिल्ला प्रहरी कार्यालय दार्चुलाले त्यहाँका अस्पताललाई अक्सिजन सिलिण्डर सहयोग गरिरहेको छ।
प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत खालि तथा भरिएका सिलिण्डर संकलन गरी प्रहरीले अस्पताललाई हस्तान्तरण गरिरहेको हो।
जिल्ला प्रहरी कार्यालय दार्चुलाले शुक्रबार १५ थान अक्सिजन सिलिण्डर संकलन गरेको थियो।
जसमध्ये ५ थान मार्मा गाउँपालिकाको कोभिड अस्पताल र १० थान जिल्ला अस्पताल दार्चुलालाई हस्तान्तरण गरिएको प्रहरीले बताएको छ।