डोटीको बडिकेदार गाउँपालिका अध्यक्ष चन्दलाई पत्नी शोक
डोटी: बडिकेदार गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर चन्दलाई पत्नी वियोग परेको छ।
अध्यक्ष चन्दकी श्रीमती डम्मरीदेवी चन्दको ६२ वर्षको उमेरमा बडिकेदार–५ लानाकेदारेश्वरको तिखेढुङ्गास्थित आफ्नै निवासमा आज बिहान निधन भएको हो।
लामो समयदेखि फोक्सोमा समस्याका कारण उनको स्वास्थ्य अवस्था सामान्य रहे पनि आज बिहान ५ः०० बजे एक्कासी समस्या बल्झिएर करिब साढे ७ः०० बजेको समयमा उनको निधन भएको गाउँपालिकाले जनाएको छ।